काठमाडौं । समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तयार पार्न नेपाली कांग्रेसको संसदीय समितिको बैठक चलिरहेको छ । प्रतिनिधि र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि समिति बैठक चलिरहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
कांग्रेस सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारको नाम क्लस्टर अनुसार सूचीकृत गरेर शुक्रबार प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदनबाट उम्मेदवार छनोटका लागि कांग्रेस संसदीय समितिमा गृहकार्य भइरहेको पौडेलको भनाइ छ । आकांक्षी धेरै भएपछि कांग्रेसमा उम्मेदवार तयार गर्न विकै सकस भएको छ । संस्थापनइतर पक्षमा रहेका शेखर कोइराला समूहले धेरै नाम प्रस्ताव गरेपछि थप पेचिलो बन्दै गएको छ ।


