काठमाडौं । बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई प्रहरीले आज ९ अदालतमा उपस्थित गराउने तयारी गरेको छ।
सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो।
उनलाई बिहीबार बाँकेबाट विमानमार्फत् काठमाडौं ल्याएर काठमाडौंबाट विमानमार्फत् नै धनगढी पुर्याइएको थियो। बिहीबार चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहे।


