काठमाडौं । आगामी निर्वाचनमा सत्तारुढ दलको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज पनि बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ ५ बजे तय भएको छ ।
यसअघि मंगलबार बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। मंगलबारको बैठकमा नेताहरुले चाँडोभन्दा चाँडो टुंग्याउन दबाब दिएका थिए।
यद्यपि कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएर अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक स्थगित भएको थियो।
०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा सिट बाँडफाँट अघि बढाउन शीर्ष नेताहरुबीच छलफल भइरहेको छ। यद्यपी अन्तिम टुंगो भने लाग्न बाँकी छ।


