हरेक व्यक्तिमा प्रज्ञाप्रकाश हुनु आवश्यक रहेको अध्यक्ष ओलीको धारणा
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताएका छन् ।
उनले विहीबार श्रीपञ्चमी (सरस्वती पूजा) को शुभकामना सन्देश दिँदै ‘समृद्ध नेपाल,सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताएका हुन्।
स्पष्ट दूरदृष्टि,तदनुसारका नीति र कार्यक्रम एवं ती नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यसहित एमाले अघि बढिरहेको ओलीले सन्देशमा उल्लेख गरेका छन्।


