काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।
वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक बस्न लागेको हो । बैठक कहाँ बस्ने भन्ने खुलाइएको छैन । बैठकमा संसद्मा बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिनेरनदिनेलगायत विषयमा छलफल हुनेछ ।
प्रतिनिधिसभाको नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । त्यसअघि दलको बैठक बस्न लागेको हो ।


