काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा नै फिर्ता गरेको नागरिकता विधेयकलाई नै पारित गर्ने तयारी गरेको छ ।
संसद् सचिवालयले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निणयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।
बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ ।
संसद्ले विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्रविचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन् । यद्यपि, संसद्ले उक्त विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ ।


