काठमाडौं । राप्रपा छोडेर कमल थापा नेतृत्वको राप्रपा नेपालमा गएका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ पुनः राप्रपामा नै फर्किएका छन् ।
उनीहरुलाई सोमबार राप्रपा अध्यक्ष लिङ्देनले पार्टीमा स्वागत गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल व्युँताएका थिए । त्यतिबेला पौडेल र गुरुङले थापालाई साथ दिएका थिए । तर गत वैशाखमा उनीहरु राप्रपा नेपालबाट अलग भएका थिए ।
कमल थापाले राजसंस्था नबोक्ने निर्णय गरेपछि र स्थानीय चुनावमा एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल र गुरुङ असन्तुष्ट थिए ।


