काठमाडौं । विगत केही दिनदेखि देशभर चिसो बढ्दै गएको छ । मौसम विभागका आनुसार आज पनि तराईमा शीतलहर चलेको छ ।
महाशाखाका अनुसार आज दिउँसो र रातिसमेत तराईका धेरै भूभागमा हुस्सु र कुहिरो कायमै रहने छ । पहाडी भू(भागमा भने आंशिक बदली हुने सम्भावना छ । बाँकी भू(भागको मौसम सफा रहेने महाशाले जनाएको छ ।
आइतबार र सोमबार पनि तराईमा शीतलहर जारी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।


