काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका छन्।
अध्यक्ष नेपालले पार्टी गठनको एक वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पार्टी प्रचार, निर्वाचन चिन्ह र मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यकर्तालाई जनताको घरदैलोमा जान आग्रह गरेका हुन्।
दक्षिणपन्थी भासबाट क्रान्तिकारी पार्टीको रुपमा रुपान्तरण गर्न समाजवादी गठन गरिएको उनको भनाइ छ।


