काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसायप्रसाद यादव चयन भएका छन् । प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उनी सर्वसम्मत रुपमा प्रतिनिधिसभाको दलको नेता चयन भएको जानकारी दिए ।
यसअघि दलको नेतामा तीन जना सांसदको दाबी रहेपछि निर्वाचनबाट नेता चयन गर्ने भनेर निर्वाचन कार्यतालिका समेत तय भएको थियो । तर, अन्तिम समयमा सहमतिकै आधारमा दलको नेता चयन गरिएको हो ।


