काठमाडौं । नेकपा (माओवादीका केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा टिकट नपाएका नेताहरूलाई मंसिर ४ पछि अवसर प्रदान गरिने बताएका छन्।
अध्यक्ष दाहालले शनिबार विराटनगरमा वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै टिकट नपाएर मन खुम्च्याएका नेताहरूलाई चुनावपछि व्यवस्थापन गर्ने आश्वासन दिएका हुन्।
‘निर्वाचनमा टिकट पाइन भनेर मन खुम्च्याएर नबस्नुहोस्, निर्वाचनमा गठबन्धनलाई जिताउनुहोस्, चुनावपछि टिकट पाइन भनेर मन खुम्च्याएर बसेको नेता कार्यकर्ताहरूलाई अवसर नै अवसर आउने छ’, उनले भने। उनले सत्ता गठबन्धनका सबै उम्मेदवारहरूलाई जिताउनका लागि एक ढिक्का भएर लाग्न निर्देशन समेत दिए।


