काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साउनको अन्तिम सोमबार डोलेश्वर महादेवको दर्शन गरेका छन् ।
केदारनाथको शिर मानिने डोलेश्वरमा उनले आरती दर्शन तथा टिका ग्रहण गरेका थिए । ओली पत्नी राधिका शाक्यलाई लिएर भक्तपुरस्थित डोलेश्वर मन्दिर गएको उनको सचिवालयले जनाएको छ ।


