काठमाडौं । सोमबार बसेको न्यायपरिषद् बैठकले थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीशहरु राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको हो।
राकेशकुमार उच्च अदालत महेन्द्र नगरको न्यायाधीशमा कार्यरत छन् भने शर्मा जिल्ला अदालत काठमाडौंमा कार्यरत छन् । न्यायपरिषदले गरेको सिफारिसलाई कामु प्रधानन्यायाधीशले सदर गरेपछि उनीहरु बर्खास्त हुनेछन् ।
। कार्यसम्पादनमा कैफियत तथा खराब आचरण देखिएका न्यायाधीशमाथि परिषद् आक्रामक देखिएको छ ।


