काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा धुम्बाराहीमा सर्ने भएका छन् । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार देउवा विहीबार धुम्बाराहीमा सर्ने तयारी छ । सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड अहिले खुमलटारमै बसिरहेका छन्।
देउवाको नीजि निवास बूढानिलकण्ठमा निर्माण कार्य भइरहेका कारण भाडामा नयाँ घर खोजिएको हो। देउवाले घर छाडिसकेपछि बालुवाटारमा सर्ने तयारी रहेको प्रचण्डको सचिवालयले बताएको छ।


