काठमाडौं । नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेलले नागरिकता विधेयकलाई समितिमा दफावार छलफल नै नगरी ुहुन्छ र हुन्नु भन्दै पास गर्नु आपत्तिजनक रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्नु र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाइ हुन्छ र हुन्नु भन्दै पास गर्नु आपत्तिजनक छ। दलहरूको विकल्प भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र वैकल्पिक शक्तिको चाहना राख्ने नयाँ दलहरूले नागरिकता जस्तो राष्ट्रको सर्वोपरि चासोको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दैनन् भने उनीहरू सदनमा जानुको औचित्य पुष्टि हुदैन।’
पौडेलले यस विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने पनि बताएका छन् ।


