काठमाडौं । सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मंसिर ४ मा हुने निर्वाचनपछि पनि अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बन्ने बताएका छन्।
मन्त्री कार्कीले आइतबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ लोकतान्त्रिक–वाम गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ का लोकतान्त्रिक वाम–गठबन्धनका उमेदवारसमेत रहेका मन्त्री कार्कीले जनताले चाहेको विकास र समृद्धिको अभिलाषालाई कांग्रेस नेतृत्वको गठबन्धन सरकारले पूरा गर्ने विश्वास दिलाए।
सामाजिक एकता र सद्भाव अभिवृद्धि नगरी राष्ट्रिय एकता सम्भव नहुने बताउँदै उनले देशमा राजनीतिक स्थिरता आवश्यक भएकाले त्यसका लागि गठबन्धनको सरकार आवश्यक रहेको स्पष्ट पारे।


