काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरेर विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो ।
अभियान भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिने नेपाली कांग्रेसले जनाएको छ ।
गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि आचार संहिता जारी गरी केन्द्रबाटै लागू गर्ने निर्णय पनि बैठकले गरेको छ ।
साथै, कांग्रेसले दर्जन बढी संघ, संस्थालाई भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता दिएको छ ।


