काठमाडौं । बेलायती महारानी एलिजावेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का आगामी शनिबार बेलायत जाने भएका छन्।
बेलायती महारानी एलिजावेथको असोज ३ गते अन्त्येष्टि हुँदै छ। महारानी एलिजावेथको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएको थियो।
उनको निधनप्रति नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको थियो। उनको अन्त्येष्टिमा सहभागी हुन विश्वभरबाट सरकारप्रमुख तथा उच्च अधिकारीहरु सहभागी हुँदैछन् ।


