काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालीन बाह्रबुँदे सहमतिको ड्राफ्ट आफू, एमाले अध्यक्ष केपी शर्मा ओली र नारायणकाजी श्रेष्ठले गरेको बताएका छन्।
१२ बुँदे सहमति भारतको इसारामा भएको भन्दै प्रश्न उठेपछि उनले यस्तो प्रष्टिकरण दिएका हुन् । तत्कालीन सात दल र नेकपा माओवादीबीच २०६२ मा बाह्रबुँदे सहमति भएको थियो। त्यही सहमतिपश्चात् उनीहरुले गणतन्त्र र लोकतन्त्रको बहाली र राजाको निरंकुशतन्त्र अन्त्य गर्ने खाका तयार गरेका थिए।
‘बाह्र बुँदे सम्झौताको विषयमा भारतले गर्यो भन्ने गरिएको छ। तर, सत्य त्यो होइन। त्यसको मस्यौदाकर्ता म आफैं, नारायणकाजी श्रेष्ठ र केपी ओली हौँ,’ भट्टराईले भने,‘त्यसलाई पछि गिरिजाबाबु र प्रचण्डले अन्तिम रुप दिनुभएको हो।’
बिहीबार पूर्वप्रधानमन्त्री स्व सूर्यबहादुर थापाको आत्मकथाको लोकर्पण समारोहमा बोल्दै भट्टराईले थापाबाट आफूले संवाद र सहमति कसरी गर्ने भन्ने सिकेको बताए। त्यसका लागि आफूले थापालाई गुरु मानेको पनि उनको भनाइ छ।
‘


