काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन आज नेपाल भ्रमणका लागि आउँदैछन्।
सैनिक प्रवक्ता नारायण सिलवालले भदौ १९० देखि २३ सम्म भारतीय सेनापति नेपाल भ्रमणमा रहने जानकारी दिएका छन्।
उनी नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् ।
पाण्डेको आसन्न भ्रमणमा नेपालले राख्ने एजेन्डाबारे परराष्ट्र, रक्षा मन्त्रालय र नेपाली सेनाबीच छलफल चलिरहेको छ।
भारतीय प्रधानसेनापति पाण्डेको भ्रमणमा नेपाली पक्षले हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म भारतलाई तिर्नुपर्ने करिब चार अर्ब रुपैयाँ बक्यौताको विषय पनि उठाउने तयारी गरेको छ।


