काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको जालो तोड्न आगामी निर्वाचनमा आफ्नो दलले एकल बहुमत ल्याउने दावी गरेका छन् । पूर्व मन्त्री समेत रहेका उनले शनिबार काभ्रेमा आयोजित कार्यक्रममा भ्रष्टाचार र कालोबजारीको जालो तोड्नुपर्ने भएकाले एकल सरकार चलाउने गरी बहुमत ल्याउनुपर्ने बताए।
उनले भने, ‘०८४ मा आफैँले सरकार चलाउने गरी बहुमत ल्याउँछौँ। हामीलाई एक पटक मौका दिनुस्। कुनै भ्रष्टलाई पार्टीमा ठाउँ छैन।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला दलका शीर्ष नेताहरूकै नाम मुछिएपछि जोगाउन लागिपरेको आरोप लगाए। उनले कयौँ भ्रष्टाचारको फाइलको धुलो टकटक्याउन जनताको साथ चाहिएको बताए।


