काठमाडौं । मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारले अधिकार सम्पन्न जाँचबुझ आयोग गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो ।
आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) उत्तमराज सुवेदी र महान्यायाधिवक्ता कार्यालयका पूर्व नायव महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहेका छन् । सरकार र मिटर ब्याज पीडितबीच शनिवार ५ बुँदे सहमति भएको थियो ।


