काठमाडौं । मुम्बईमा उपचाररत रहेका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख सुधार आएको छ।
ग्यास सिलिन्डर विष्फोट भएपछि जलेर घाइते भएका भण्डारीको भारत महाराष्ट्रको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचार भइरहेको छ। अस्पताल परिसरमा रहेका योगराज कँडेलका अनुसार भण्डारीको सबै जाँचको नतिजा सामान्य आएको छ।
उपचारमा संलग्न डाक्टर प्रशान्त महाराणेले भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भाइटल्स (शरीरको तापक्रम, धडकनको गती, श्वासप्रश्वासको दर, रक्तचाप) सबै सामान्य अवस्थामा रहेको बताए।


