काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि वाचा पत्र नाम दिएर घोषणा पत्र सार्वजनिक गरेको छ ।।
विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमा पार्टी सभापति लामिछानेसहितले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
उक्त घोषणा पत्रअन्तर्गत शासकीय स्वरूपतर्फ राष्ट्रपति पदमा पुग्नका लागि कुनै पनि दल छाडेको या नलागेको १० वर्ष पूरा हुनुपर्ने उलल्लेख गरिएको छ।
पार्टीले राष्ट्रपति चयनका लागि वडाध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाटनिर्वाचन गरिनुपर्ने पनि प्रस्ताव अघि सारेको छ।


