काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत ब्यक्तिलाई करका दर हेरफेर गर्न लगाएको र सीसीटीभी फुटेज डिलिट गरेको विषयमा अनुसन्धान गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएको छ।
गत असार २२ मा गठित समितिले पाएको १० दिनको म्याद पनि आजै (५ साउन) मा सकिँदै छ। तर, कतिपय विषय अध्ययन गर्नुपर्ने भएकाले आज समितिको म्याद थप गर्ने सम्भावना छ।
समितिको बैठक अहिले बिहान साढे ८ बजे बस्ने बताइएको छ।समितिका एक सदस्यका अनुसार दिइएको समयसीमाभित्र छानबिन नसकिएकाले समितिको म्याद थप्नुपर्ने भएको हो। अर्थ मन्त्रालयको सीसीटीभीको हार्डडिक्स रिकभर गर्न नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ। त्यो पनि प्राप्त हुन बाँकी छ।


