काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए०का पारजित भएपछि मत परिणामलाई अस्वीकार गर्दै अध्यक्ष बनेका आरके शर्मा नेतृत्वको टोलीले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गरेको छ ।
सोही क्रममा अध्यक्ष शर्माले मन्त्री भण्डारीलाई एक ज्ञापनपत्र बुझाउँदै मध्यपूर्वलगायत श्रमिकका समस्या समाधान गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
ज्ञापनपत्रमा शर्माले नेपालीहरू रोजगारीमा जाने देशहरूमा देखिएको राजनीतिक अन्यौलताले गर्दा भविष्यमा आउन सक्ने समस्यालाई सम्बोधन गर्न समिति गठन गर्न अनुरोध गरेका छन् ।
यसैगरी लामो समयदेखि वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको र विभिन्न अध्ययन अनुसार अबका १० वर्ष यही वैदेशिक रोजगारीमा जाने क्रमले नै निरन्तरता पाउने देखिएको ज्ञापनपत्रमा उल्लेख छ ।


