काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आफ्नो मुख्य प्राथमिकता नै सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउनु ् भएको बताएकी छिन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथग्रहणपछि मंगलबार सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै उनले यस्तो बताएकी हुन् ।
सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उनको भनाइ छ । ‘हाम्रा उत्पादनदेखि लिएर सबै सार्वजनिक संघ, संस्थानहरूमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी सेवाग्राहीको पहुँचमा पुर्याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ,’ उनले भनिन् ।


