काठमाडौं । चितवन– २ मा राव्सपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको सांसद् पद खारेजीपछि आफूलाई ‘स्वतः विजयी’ घोषित गर्नुपर्ने माग राख्न उनका निकटतम प्रतिष्पर्धी उमेश श्रेष्ठको आइतबार निर्वाचन आयोग जाने भएका छन् ।
सर्वोच्च अदातलले यही माघ १३ गते शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापतिसमेत रहेका लामिछानेको नागरिकता अवैध भएको फैसला गरेको थियो।
सर्वोच्चको फैसलापछि पद तथा जिम्मेवारीबाट अलग्गिएका लामिछानेसँग भारी मतले पराजित भएका श्रेष्ठ आयोगमा निवेदन दिन जान लागेका हुन्। तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भएको श्रेष्ठ झण्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए।


