काठमाडौं । आज दिउँसो १ बजे संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पस्तुत गर्ने छन् । विधेयक पारित भएमा, संघीय निजामती संरचना कार्यान्वयनतर्फ निर्णायक पाइला अघि बढ्ने विश्वास लिइएको छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।