काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणमा आफूले लिपुलेकका बारेमा कुरा गर्ने प्रतिवद्धता जनाएका छन्। उनले शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उच्चस्तरीय भेटवार्तामा लिपुलेकको कुरा त उठाउनुहुन्छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्रीले ‘अवश्य उठ्ने’ प्रतिक्रिया दिए। प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिङपिङसँग भेटवार्ता गर्ने तय भएको छ।


