काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ मा निर्मित बूढानीलकण्ठ धर्मशालाको उद्घाटन गरेका छन्।
यादवले बुधबार भवनको उद्घाटन गर्दै भूकम्पपछिको पुनःनिर्माणमा भारत सरकारले पुर्याएको सहयोगको सराहना गरे। यो धर्मशाला भारत सरकारको करिब पाँच करोड अनुदान सहयोगमा निर्माण भएको हो।
समारोहमा प्रतिनिधिसभा सदस्यद्वय गगनकुमार थापा र प्रदीप पौडेल, बूढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, भारतीय राजदूतावास, काठमाडौंका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा शिवराज पण्डित, बूढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारीको उपस्थिति थियो।


