काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज आफ्नो गुटका नेताहरूसँग छलफल गर्न लागेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले भातृसंस्थाहरू गठन गर्दा आफूहरुसँग परामर्श नगरी एकलौटी गरेपछि उनले आफ्नो समूहका नेता तथा भातृसमूहका नेताहरूसँग छलफल गर्न लागेका हुन् । दिउँसो २ बजेपछि बालुवाटारस्थित शेखरको सम्पर्क कार्यालयमा छलफल हुने नेता गुरुराज घिमिरेले जानकारी दिए ।


