काठमाडौं । नेपाली कांग्रेसका नेता नेता प्रदीप गिरीको ७५ वर्षको निधन भएको छ। उनको शनिबार राति ९ बजेर ३० मिनेटमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
विश्वकर्माले गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।
त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने विश्वकर्माले बताएका छन्। त्यसपछि पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।
बिहान साढे ११ बजेदेखि दुई बजेसम्म श्रद्धाञ्जलीका लागि सानेपामा राखेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने छ।
प्रतिनिधिसभा सदस्य गिरिको दुई सातादेखि मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। भारतमा घाँटीको सफल शल्यक्रिया गरेर नेपाल आएका गिरिलाई निमोनिया भएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।


