काठमाडौं । चर्चित पूर्व पत्रकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रहरी हिरासतमा रहेका सुरक्षागार्ड आज (सोमबार) शेरजङ गुरुङलाई भेटेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गुरुङले आफूमाथि दुर्व्यहार गरेको भन्दै प्रहरीमा उजुरी हाल्न लगाएका थिए। सोही उजुरीका आधारमा उनलाई अभद्र व्यवहारको मुद्दा लगाएर पाँच दिनका लागि हिरासतमा लगिएको छ। उनी प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन्।
न्द्यीक्ष्ःभ्
लामिछानेले गुरुङलाई भेटेको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘प्रहरी हिरासतमा रहेका शेरजंङ गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ।’


