काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७र०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न ३ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


