काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँटमा सहमति खोज्न आज पनि सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले आफूले दाबी गरेको क्षेत्रबाट घट्न तयार नभएपछि बैठक लम्बिइरहेको छ । जनमोर्चा नेता तथा कार्यदलका सदस्य हिमलाल पुरीले दलहरुले दाबी गरेको सीटमा घट्न तयार नरहेकाले सहमति जुट्न नसकिरहेको बताए ।


