काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारको मात्रै चिह्न समेटेर डिजाइन गरिएको मतपत्र बिहीबारदेखि छाप्न सुरु गरिएको जनाएको छ । थालिएको छ । एउटा क्षेत्रमा जति उम्मेदवार छन्, तिनलाई प्रदान गरेको चिह्न समेटेर मतपत्र छपाई थालिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।
प्रत्येक निर्वाचन क्षेत्रको फरकफरक मतपत्र हुने भएकाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ र प्रदेशमा ३ सय ३० प्रकारका मतपत्र हुनेछन् । आयोगका अनुसार प्रत्यक्षतर्फ ४ करोड मतपत्र छाप्नुपर्ने हुन्छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रमा छापिरहेको छ । समानुपातिकतर्फको मतपत्रमा उम्मेदवार नै नभएका दलको चिह्नसमेत राखेर छपाइ सकिएको छ । प्रतिनिधिसभाको मतपत्रमा उम्मेदवार नभएको दलको चुनाव चिह्न हुनेछ । मंसिर ४ मा हुने निर्वाचनमा कुल ५ सय ३ प्रकारका मतपदत्र हुनेछन् ।
समानुपातिकमा ४ करोड ५५ लाख मतपत्र छपाइ सकिएको छ ।


