काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेकपा एमालेसँग कहिल्यै सहकार्य नहुने बताएका छन् ।
उनले सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीसँग गठबन्धन गरेर ज्ञान प्राप्त गरेकाले गल्ती नदोहोर्याउने बताए ।
उनले भने, ‘गठबन्धन पहिलाको जस्तो हुने हो कि भन्ने शंका गर्छन् । तर, म केपीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको छु । ज्ञानी भइसकेपछि फेरि त्यही गल्ती दोहोर्याउँदिनँ । मैले भन्ने गरेको छु, यो देशमा प्रतिगमन र संविधान मिच्नेहरुसँग लडाइँको आवश्यकता भएसम्म गठबन्धन कायम रहन्छ ।’


