काठमाडौं । गत आइतबार भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मंगलबार मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ ।
अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसकेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली विजयी भइसकेका छन् ।
जारी मतगणनामा नेपाली कांग्रेस ४२ स्थानमा अगाडि छ । नेकपा (एमाले) ३८, नेकपा (माओवादी केन्द्र) १४, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच र अन्य दल तथा उम्मेदवार २२ स्थानमा अग्रस्थानमा छन् ।


