काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशसभामा खाता खोलेको छ ।
सप्तरी–२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।उनले माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् । उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।
तराईका केही जिल्लाहरुमा यस पार्टीबाट उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।


