काठमाडौं । निकै बिवादका बीच मगगणना भएको स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनी १५ हजार १६१ प्राप्त गरेर विजयी भएका हन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीले १२ हजार ४३१ मत ल्याएका छन् ।
गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य समेत रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मत अन्तरले निर्वाचित भएका थिए ।
बुथ कब्जा भएको आरोप प्रत्यारोपको विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।


