काठमाडौं । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएसँगै चार्ल्स शोभराज आज जेलबाट रिहा हुने भएका छन् । उनलाई अध्यागमनमा बुझाउने तयारी छ।
१९ वर्षदेखि नेपालको जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा गरेपछि उनी छुट्न लागेका हुन् ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन बुधवार आदेश दिएको थियो। सर्वोच्चको आदेशअनुसार बिहीबार नै दुवै अदालतबाट शोभराजले सजाय कटाइसकेको पत्र केन्द्रिय कारागारमा पठाएका थिए।


