काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष रहेका दाहाल प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्रीले आइतबार साँझ नै सामाजिक सञ्जाल ट्विटरमा प्रचण्डलाई बधाइ दिएका हुन्।
मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यो खालको मित्रतालाई अझ मजबुत बनाउन नेपालसँग मिलेर काम गर्ने बताएका छन्।
‘


