काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्न जनता समाजवादी पार्टीको राजनीतिक समितिको बैठक बस्दै छ ।
जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले आजबाट सुरु हुने राजनीतिक समितिको बैठकले सरकारमा जाने कि नजाने भनेर निर्णय गर्ने बताए ।
सोमबार र मंगलबार (आज र भोलि) दुई दिनसम्म चल्ने बैठकमा आफ्नो दलले उठाउँदै आएका मुद्दाहरुको बारेमा गम्भीर विचार विमर्श हुने एक नेताले बताए ।
बैठकमा चुनावको समीक्षा गर्दै राजनीतिक परिस्थितिको विश्लेषण गर्ने र आवश्यक निर्णय लिने उनको भनाइ छ ।


