काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूखुसी रुपमा नेतृत्वको आलोचना नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अध्यक्ष नेपालले दुई दिनदेखि जारी पार्टीको पोलिटब्यूरो बैठक मंगलबार सम्पन्न भएपछि यस्तो निर्देशन दिएका हुन् । बैठकमा अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर नेतृत्वको बदख्वाइँ गर्ने, अरुको प्रशंसा गर्ने, सामाजिक सञ्जालमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरीत काम नगर्न सिङ्गो पार्टी पङ्तिलाई सचेत गराउनुभयो। उहाँले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँड्ने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित हुनै नसक्ने उल्लेख गरे।
अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागतरुपमा चलोस् भन्ने चाहेको बताए।


