काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते बुधबार जलपान समारोहको आयोजना गर्ने भएको छ।
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती यही पुस २७ गते परेकाले त्यस दिनलाई ‘३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’का रूपमा मनाउन जलपान समारोहको आयोजना गरिएको राप्रपाले जनाएको छ।
बुधबार दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको भृकुटीमण्डपमा जलपान समारोहको आयोजना गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाले सरकारलाई समर्थन गर्ने शर्तको रुपमा नै पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक बिदा दिनुपर्ने अडान राखेको थियो । हिजो मात्रै सरकारले उनको जन्मजयन्तीमा बिदा दिने निर्णय गरिसकेको छ ।


