काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले केन्द्रदेखि प्रदेशमा सार्वजनिक पदधारण गरेका कुनै पनि नेता आर्थिक लेनदेनमा जोडिएको प्रमाणित भएमा विलम्ब नगरी कारबाही गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन्।
पार्टीको केन्द्रीय सचिवालयद्वारा आयोजित नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, प्रदेश सभामुख, प्रदेश मन्त्रीको स्वागत तथा सम्मान कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्षसमेत रहेका लिङ्देनले घुस प्रकरणमा जोडिएमा ती नेतालाई सामाजिक जीवन र प्रतिष्ठाबाट उठ्न नसक्ने गरी कारबाही गर्ने बताएका हुन्।
जनताले राप्रपालाई सुशासनका लागि अपेक्षा गरेकाले उनीहरूलाई निराश नबनाउने उनको भनाइ थियो।


