काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कम्युनिष्ट आन्दोलनमा पुराना नेता प्रदीप नेपालसँग भेटे गरेका छन् । उनले आइतबार नेता नेपालको निवास, गोठाटारमा पुगेका हुन् ।
त्यो भेटमा सहभागी एमाले सांसद सूर्य थापा भन्छन्, ‘प्रदीप नेपाल नेता, संगठक र अग्रज पनि हो । नातेदार पनि भएकाले सभामुख भएपछि भेट्न जानु भएको हो ।’ थापाका अनुसार घिमिरे नाताले नेपालका भाञ्जा हुन् । नेता नेपाल लामो समयदेखि बिरामी छन् ।


