काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको आज शपथ लिने भएका छन् ।
उनीहरुले आज दिउँसो १ बजे प्रदेश राजधानी दाङमा सपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
शनिबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) का जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादी केन्द्रका इन्द्रजीत थारु भौतिक पूर्वाधार विकासमन्त्री, एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री, माओवादी केन्द्रका कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री नियुक्त भएका छन् ।


