काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले आफ्नो दाबी पेस गरेका छन् ।
चौधरीले विहीबार आफूलाई ५३ सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् ।
उनले आफूलाई कांग्रेससहित, नेकपा (माओवादी केन्द्र), जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) लगायतको समर्थन रहेको दावी गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दाबी पेस गर्न समयसीमा दिएका छन् ।


